निक्कै नै चिन्तित र साहराविहीन देखिएका ती पुरुषले भने– ‘मेरी सुत्केरी श्रीमती, व्यथा लागेर बाइकमा हेल्थ पोष्ट लगेको, धेरै गाह्रो भएर यता भुँइमै छौँ, हेल्थ पोष्ट धेरै टाढा छ।‘घाम लागेको तर चिसो हावा चलेको मौसम, जाडो मौसममा रुखबाट पात झरेर उजाड देखिएको जंगल, डोजरले खनेर बालुवा र धुलो मिसिएको बाटो त्यही मौसम र त्यही बाटोमा लडिरहेकी उहाँ कराउन थाल्नुभो– ‘मलाई गाहो भयो। पेटमा थिच्नु। बच्चा झर्न लाग्यो।’नभन्दै बच्चाको टाउको निस्किसकेको थियो । बेस्सरी हात समात्नुभयो । उहाँले बल गर्नुभयो । हामीले ज्याकेट भुँइमा बिछ्यायौँ । केही छिनमा बच्चा जन्मियो । बच्चाको आधा जिउँ ज्याकेटमा आधा जिउँ भुँइमा । केही क्षण सन्नाटा । बालुवा र धूलो लागेर बाँयापट्टीको आँखा खोल्न नसकेका ती शिशु हात र खुट्टा चलाउँदै रुन थाले । बल्ल शान्ति मिल्यो। ‘बाटोमा जन्मेको यस्को के नाम राख्ने ?’ ‘इन्जिनियर’ बुबाले भन्नुभयो । ‘हो यसले यो बाटो बनाएर अरुको दु:ख मेट्नुपर्छ।
थियो, उहाँको बच्चा हेर्न सीधा उभिन सक्ने अवस्था थिएन। हाम्रो जिउँमा अडेस लगाउँदै लामो सास लिनुभयो। एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो । प्यास लागेर पानी खोज्दै हुनुहुन्थ्यो । आजकै दिन हामीले पानी नबोकेको। नजिकै खानेपानी कतै थिएन।