समाचार लेख्नेमाथि दया लागेर आउँछ : निकिता

समाचार

काठमाडौंँ– नेपाली मिडियालाई ‘१२ भाई’ सत्तोसराप गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै शैलीमा उनकी पत्नि निकिता पौडेल पनि प्रश्तुत हुन थालेकी छिन्।

प्रहरी प्रतिवेदनका आधारमा रवि र निकिताको खातामा भएको करोडौंको शंकास्पद कारोवारका विषयमा समाचारहरु आएपछि उनले त्यो समाचार लेख्ने मिडियाप्रति दया लागेर आएको प्रतिक्रिया जनाएकी छिन्।

प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ। सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको उल्लेख गर्दै आफुहरुको खाताबाट गैरकानुनी कारोवार नभएको जिकिर प्रश्तुत गरेकी छिन्।

‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’ भन्दै उनले लेखेकी छिन्– ‘समाचार लेख्नेमाथि दया लागेर आउँछ। खाता मेरो हो। यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *