प्रेम सम्वन्धमा रहेका कैलालीको मोहन्याल गाउँपालिकाका २ महिलालाई परिवारका सदस्य र गाउँले मिलेर निर्घात कुटपिट गरेका छन्। अनैतिक सम्वन्धमा रहेको आरोपमा मोहन्याल ७ स्थित सोल्टाघयनकुरकी राधिका विश्वकर्मा (नाम परिवर्तन) र अर्की महिलालाई कुटपिट गरिएको हो। ती महिलाले आफूलाई समलिंगी महिला बताउने गरेका छन्। ११ चैतमा सँगै बसेको आरोपमा विश्वकर्मा र सँगै बसेकी महिलामाथि निर्घात कुटपिट गरिएको हो। उनीहरुलाई चरम यातना दिएको भिडियो सामाजिक संजालमार्फत सार्वजनिक भएको छ।