चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् । आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । हिजो समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ । आज सार्वजनिक बिदा भएकाले भोली कार्यालय समयमा दर्ता गरिने उनलाई प्रहरीले बताएका छन् । प्रसाईंले केही दिनअघि एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि लाञ्छना लगाएका थिए । कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै प्रचार गरिएको फेक न्यूज पोस्टका आधारमा प्रसाईंले लाञ्छना लगाएका हुन् । केही समयअघि ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।

पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ । आफ्नो अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *