बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि टुहुरो भए ८ वर्षीय बबिन

समाचार

विराटनगर। बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन।

प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ, दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्।जानकारीमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरियो। उनी प्रहरी कार्यालयमा आइसकेकी छिन्। बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *