तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको स्वरुप दिएको २४ घण्टा पनि बित्न नपाई एक प्रेमिल जोडीको वियोग भएको छ । मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले २८ भदौमा विवाह गरे ।
तर तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेको यो जोडी पति–पत्नि भएर एक दिन पनि सँगै बस्न पाएनन् ।
तीलक तीन वर्षअघि देवाली पुजा हेर्न प्रमिलालाई गाउँमा पुगेका थिए । त्यहिँ तिलकले प्रमिलालाई मन पराएका थिए । उनीहरुले मोबाइल नम्बर साटासाट गरेर र कुराकानी गर्ने क्रममा उनीहरुको मन पनि साँटियो । यी दुबैको परिवारलाई उनीहरुको प्रेम सम्बन्धको बारेमा थाहा थियो । छिट्टै विवाह बन्धनमा बाँधिने पनि उनीहरुले योजना बताएका थिए ।
तर २८ भदौमा यी जोडीले परिवारसँग सल्लाह नगरी साथीको घरमा तामाङ परम्पराअनुसार सुटुक्क विवाह गरे । त्यही दिन साँझ तिलकका काका काकी र दाजु भाउजुले उनीहरुलाई भित्र्याए । बिबाह भएको रात आफ्नो जन्म घर छाडेर आएको चिन्ता र पराई घरमा आगामी जिन्दगी कस्तो होला सोच्दै निदाउन सकिनन् ।
तिलकपनि रातपनि यताउता छट्पटाएरहेका थिए । प्रमिलाले सोचिन्, ‘तिलकलाई पनि आफुलाई जस्तौ डर लाग्यो होला ।’ बिहान ४ बजेतिर तिलकका हातहरू काँप्न थाले, श्वास फेर्न गाह्रो भयो। प्रमिलाले पानी खुवाइन्।