नेपाली युवतीको बीभत्स ह त्या, टुक्रा टुक्रा पारेर हप्तौँसम्म लास फ्रिजमा पुलिसले भेट्यो यस्तो प्रमाण

Blog समाचार

भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ । त्यहाँको व्यालीकवल क्षेत्रको ६ क्रस लाइन रोडमा रहेको तीन तले घरको १६५ लिटरको फ्रिजमा थर नखुलेकी २९ वर्षकी महालक्ष्मीको शवका टुक्रा कयौँ दिनसम्म राखिएका थिए । प्रहरीले शवको ३० देखि ४० टुक्रा फेला पारेका थिए । केही टुक्रा फ्रिज बाहिर कोठाभरि छरिएका थिए । छरिएका शवका टुक्रा संगेल्न फरेन्सिक टोलीले सरकारी अस्पतालबाट मूर्दाघरका कर्मचारीलाई नै बोलाउनु पर्‍यो । महालक्ष्मी सो घरमा पाँच महिनादेखि बस्दै आएकी थिइन् । उनी बस्ने तलको ढोका सेप्टेम्बर २१ मा १९ दिनपछि खुलेको थियो । उनी सो घरमा एक्लै बस्थिन । उनी हरेक दिन बिहान नौ बजे घरबाट निस्किएर राति साढे १० बजेपछि मात्रै फर्किन्थिन् । त्यसैले छिमेकीलाई पनि उनको बारेमा खासै धेरै जानकारी नभएको बताइएको छ । २ सेप्टेम्बरपछि महालक्ष्मीको फोन एक्कासि बन्द भएपछि बैंगलुरुमै बस्ने उनको आमा र बहिनी चिन्तित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *