मेलम्चीका बाढीपीडितको चेतावनी, ‘हाम्रा माग पूरा नभएसम्म पानी काठमाडौँ लैजान दिदैनौँ’

समाचार

मेलम्चीका बाढीपीडितहरूले आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनी दिएका छन् । तीन वर्षअघि मेलम्ची नदीमा आएको बाढीले ठूलो धनमालको क्षति भएको थियो । तर सरकारले बाढीपीडितको पुन:स्थापनाका लागि ठोस् पहल नगरेको भन्दै पीडितहरूले गुनासो गर्दै आएका छन् । उनीहरूले बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तीन किमि क्षेत्रमा प्रदर्शन गरेका हुन् । आफूहरूले यतिञ्जेल पर्खिएको, तर सरकारले अहिलेसम्म पनि बेवास्ता मात्रै गर्दै आइरहेको भन्दै उनीहरूले अब तत्काल आफूहरूका माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौँ लैजान नदिने अडान अघि सारेका हुन् । बाढीले क्षति गर्ने डरका कारण मेलम्चीको सुरुङ गत असार १० गतेदेखि बन्द रहेको छ । हाल मेलम्ची विकास समितिले पानी काठमाडौं ल्याउन मुहान क्षेत्रमा तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *