खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको कम्पनीले जनाएको छ । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । कम्पनीले दसैँमा १ हजार ५०० खसी बोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने ल