काठमाडौदेखि पुर्ब जाने अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै ।
काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यहि दुरी बिपी राजमार्गमा ५९ किलोमिटर थियो । यो सडक आजबाट नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको छ भने भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने छ ।