हास्य कलाकार अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन

समाचार

अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको सोमबार साँझ निधन भएको छ । उनी ५७ वर्षका थिए । उनलाई क्यान्सर भएको थियो । मराठी अभिनेता जयवंत वाडकरले सोमबार साँझ उनको निधनको जानकारी दिए। एक न्यूज च्यानलसँग कुरा गर्दै उनले अतुलले मराठी नाटक ‘सूर्यची पिल्लई’ मा काम गर्न लागेको जानकारी दिए । यसैका लागि रिहर्सल गरिरहेका बेला उनको स्वास्थ्य बिग्रियो । पाँच दिनअघि अतुललाई फेरि अस्पतालमा भर्ना गरिएको जयवंतले बताए । उनी सन् २०२२ देखि क्यान्सरसँग लडिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *