अस्ट्रेलियालाई हराउँदै नेपाल समूह विजेता

समाचार

हङकङ इन्टरनेशनल सिक्सेसमा नेपाल समूह विजेता बनेको छ। शनिबार हङकङको मङ कुकस्थित मिसन ग्राउन्ड स्टेडियममा अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो।

अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २ विकेटको क्षतिमा १०० रनमात्रै बनाउन सक्यो।

प्रतिश जिसीले पहिलो ओभरको तेस्रो बलमा अस्ट्रेलियाका ओपनर साम हेजलेट १ रनमै आउट भएका थिए। ‍ दोस्रो विकेट पनि प्रतिशले नै लिए। तेस्रो ओभरको पहिलो बलमा उनले ड्यान क्रिस्टियनलाई बोल्ड गरे। क्रिस्टियनले ५ बल खेल्दै १ छक्का हानेर ९ रन बनाएका थिए।सोही ओभरको अन्तिम बलमा एलेक्स रोसलाई पनि प्रतिशले बोल्ड गरेका थिए। रोसले ४ बलमा २ चौका र १ छक्का हानेर १४ रन बनाएका थिए।

पाँचौं ओभरको अन्तिम बलमा लोकेश बमले फवद अहमदलाई आउट गरे। अहमद ४ बलमा ८ रन बनाएर खेलिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *