कुलमानको अर्को एक्सन : उद्योगमा बिजुली काट्न रोकिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ । कुलमानले भने, ‘हामीले बक्यौता रहेका उद्योगीहरुको घरको विवरण संकलन गरिरहेका छौं,’ ‘विवरण संकलन सकिएपछि छिट्टै उनीहरुको घरको लाइन काट्न थाल्छौं ।’साथै महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार पनि गरेका छन्। बक्यौता नबुझाउने उद्योगका लगानीकर्ताले अन्य कम्पनी चलाएको भए उनीहरूलाई सेयर जारी गर्न र धितो बन्धक दिन रोक्का गरिदिन कम्पनी रजिस्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि उनले आग्रह गरेका छन्।