नसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ।
शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको थियो।
केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रदेशसभा सांसद इस्राइल मन्सुरीले जानकारी दिए।