२ वर्षदेखि निरन्तर शल्यक्रिया र फलोअप पछि अहिले एउटा ऑखा राम्ररी देख्न सक्ने भइन अनिता

Blog

रूकुम चौरजहारी नपा-९ की १७ वर्षीया विपन्न #अनिता कुवँर योगी ऑखा उपचारको क्रममा तिलगंगा अस्पतालमा विस्तृत परीक्षण पश्चात् ‘यिनलाई Stevens-Johnson syndrome (SJS) को कारणले गर्दा Severe Dry Eye भएर दुबै ऑखा नदेख्ने अवस्था आएको र यसको उपचार नेपालमा सम्भव नभएको जवाफ तिलगंगा ऑखा अस्पतालले दिएकोले तिलगंगाले रिफर गरेकाले भारतको हैदरावादको LVPEI (LV Prasad Eye Institute) मा गएर पटक पटकको २ वर्षदेखि निरन्तर शल्यक्रिया र फलोअप पछि अहिले एउटा ऑखा राम्ररी देख्न सक्ने भएकी छिन्। यो संसार पुनः देख्न पाएकोमा मप्रति बारम्बार आभार प्रकट गरिरहन्छिन्। अनितालाई उपचारमा आर्थिक सहयोग गर्ने सबै देश बिदेशका दाता नेपालीहरूलाई पुनः धन्यवाद दिन चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *