सन्दीपले भिसा नपाए पनि, विश्वकपमा सहभागी हुन् क्यानले पठायो नगरप्रमुखलाई निम्तो र आफ्नो परिवार लिएर उडे

Blog समाचार

अर्को सातादेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय चर्चामा छ । सामाजिक सञ्जालदेखि सडकसम्म तातिएका छन् ।

सन्दीप भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उनको सहभागिता अनिश्चित छ । सन्दीपको समर्थनमा विभिन्न प्रदर्शन भइरहेका छन् । तर, खेलाडीले भिसा नपाइरहेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान)का केही उच्च पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न भन्दै अमेरिका उडेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका छन् । नेपालबाट विश्वकपमा सहभागी हुनका लागि २५ जनालाई आईसीसीले खेलाडी र अफिसियलको कोटा दिएको थियो । अध्यक्ष चन्द सोही कोटामा अमेरिका गएका हुन् । विश्वकपका लागि जाने २५ जना टिमको सम्पूर्ण खर्च आईसीसीले नै बेहोर्ने गर्दछ ।

यस्तै, उनीहरूलाई प्रतियोगिता अवधिको भत्ता समेत दिइन्छ । २५ जना टोलीभित्र रहेको सबै बिजनेस क्लास फ्लाइटमा यात्रा गर्न पाउँछन् र बसाइँको खर्च पनि आईसीसीकै कोटामा पर्छ । २५ सदस्यीय नेपाली टिमको नेतृत्वमा क्यानकै केन्द्रीय सदस्य दिवाकर घले रहेका छन् । घले गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए ।

यस्तै, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गएका थिए । क्यान पदाधिकारीबाहेक नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका जान क्यानबाट निम्तो पठाइएको थियो । सचिव पारस खड्काले पत्र काटेर मेयर बस्नेतलाई निम्तो दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *