चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीहरूले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका छन् । ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक समाचारमा हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुर्व्यवहार भोगेका हुन् । समाचारमा पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्टसा र डा. अप्रिल लियोनार्डोले आफूहरूलाई यौन दुर्व्यवहार गरेको बताएका छन् । पुर्जाले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । सन् २००८ मा रेकर्ड समयमा विश्वका ८ हजार मिटर माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेपछि पुर्जा चर्चामा आएका थिए । उनले हाल हिमाल आरोहणसम्बन्धी कम्पनी नै चलाएर बसेका छन् ।