जयनन्द लामालाई ❤️सम्झिनेहरूले अन्तिमपटक फोटो छोएर Rip लेखौ 😪

समाचार

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ धार्पा पुख्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको हो ।लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको छ । बिहानैदेखि उहाँको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छबिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि र-ग-त अ-त्य-धिक ब-गे-को पाइएको घटनास्थलमा पुग्नुभएका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो। घटनाबारे अनुसन्धान भइरहेको छ । बाश्च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ ।

शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै परिवारलाई जानकारी दिएका थिए ।लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल हुनुहुन्थ्यो । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आउनुभएका लामाले ‘पानी प-यो बलेसी

, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बिहे गरूँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आउनुभएको थियो । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएका उहाँले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *