त्यो दिनदेखि आफैं मरे झैं छु’ “Justics for samudrani “

समाचार

कोहलपुर, रझेनाकी ललिता थारू आफ्नो गाउँ छोडेर कुनै दिन काठमाडौं पुग्छु भन्ने सोचेकै थिइनन् । उनका लागि शहर, बजार र राजधानी भनेकै घरबाट करिब १६/१७ किलोमिटर टाढा रहेको नेपालगञ्ज थियो ।

तर कहिल्यै नचिताएको पीडा आइलागेपछि काठमाडौं आएकी छन् । १२ दिनदेखि माइतीघरको सडकमा ‘न्याय’ पर्खिरहेकी छन् । नेपालगञ्जमै पनि ललिता छोरीका लागि न्याय माग्दै अनशन नबसेकी होइनन् । जेठ महिनाको उखरमाउलो गर्मीमा उनी बेहोस पनि भइन् । ‘त्यो गर्मीले गर्दा एकदमै कमजोर पनि भइसक्या थिएँ । बेहोस पनि भएँ, कसैले सुनेनन्’ उनी भन्छिन्, ‘त्यसपछि २३ गते काठमाडौं आएकी हुँ ।’

नेपालगञ्जमा एक हप्ता अनशन बस्दा पनि प्रशासनबाट कुनै प्रतिक्रिया नपाएपछि काठमाडौं छिरेकी ललितालाई विश्वास छ, ‘काठमान्डूमा सर्खार बस्छ । सर्खारले न्याय दिला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *