जब काठमाडौं आइरहेको यात्रु बसमाथि पहिरो खस्यो…

Blog

बझाङबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेको एउटा बस ठूलो दुर्घटनाबाट जोगिएको छ ।

शुक्रबार बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो ।

सबैभन्दा पछाडि रहेको बस गुडिरहेकै बेला अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन ।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ धकेलेको थियो । तर ठूलो आकारको बस भएकाले पहिरोले सडकभन्दा तल झार्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *