बेलबारी नगरपालिका वडा नं.४ की एक बालिकाको विषालु जीवको टोकाइबाट मृत्यु भएको छ । बेलबारी ४ निवासी वर्ष १० की भूमिका कार्कीको मृत्यु भएको हो । प्रहरीका अनुसार आज आइतबार बिहान करिब ७ बजे ओछ्यानमा कपडा मिलाउने क्रममा थाहा नपाई कुनै जीवले ठुँगे पछि बिरालोले नङ्ग्र्यायो भनी बालिका चिच्चाउँधै बाहिर निस्किएर कराए पछि भूमिकाकी परिवार र छेमेकी मिलेर उपचारको लागि बेलबारीमा रहेको बेतना सर्पदंश उपचार केन्द्र पुराइएको थियो । बेतना सर्पदंश केन्द्रमा उपचार हुन नसके पछि विराटनगरको कोशी अस्पताल पुराइएको थियो । तर कोशी अस्पताल पुग्ने साथ वालिकाको मृत घोषण भएको प्रहरीले जनाएको छ ।