कलाकार विपिन कार्कीलाई मातृशोक

समाचार

कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । विपिनकी आमा सरस्वतीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अभिनेता विपिन र उनका दाजुले आमाको पार्थिव शरीरमा दागबत्ती दिए ।

सरस्वतीको अन्त्येष्टि दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्की लगायत नेपाली कलाक्षेत्रका विभिन्न व्यक्ति र सञ्चारकर्मीको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *