नेपाललाई पहिलो पटक पारा ओलम्पिकमा कांस्य पदक दिलाउन ठूलो भूमिका खेलेका

समाचार

नेपाललाई पहिलो पटक पारा ओलम्पिकमा कांस्य पदक दिलाउन ठूलो भूमिका खेलेका पलेशा गोवर्धनका कोच हुन् कबिराज नेगी। २०१५ देखि प्रशिक्षण दिन थालेका नेगीले नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा ३ स्वर्ण, ६ कांस्य र २ रजत गरी ११ Medal जिताएका छन्। २०१८ देखि नेगी पारा तेक्वान्दोका एक्ला प्रशिक्षक हुन्, तर उनी Volunteer Coach भएका कारण कुनै पनि आर्थिक सेवा सुविधा पाउँदैनन्। आफ्नो खर्च चलाउन उनी २०१८ देखि एन्फामा काम गर्दै आएका छन्। विहान उठेर पारा खेलाडीलाई प्रशिक्षण दिन्छन्, र दिउसो एन्फामा पुग्छन्। Height को कारण खेलाडी करियर अघि बढाउन नपाए पनि, उनले आफ्नो कोचिङ करियरमा ठूलो प्रगति गरि आज नेपालका लागि पदक जिताएर गर्व र खुसीको स्थानमा पुर्‍याएका छन् । नेपाल सरकारले उनलाई 5.85 लाखले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *