सुनकोशीमा खसेको जीप भेटियो, जीपमा छैनन तीन जना वेपत्ता, खोजी जारी

समाचार

खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको जिप सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ।गोताखोरको टोलीले नदीमा खसेको जीप फेला पारेपनि जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला परेको हो। तर, गाडी भित्र मान्छे छैनन्। हलेसीबाट हिडेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजे सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो। गाडीसँगै भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन्।

गाडीबाट हामफालेका सूर्य विनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपती घाइते छन्। उनको खुर्कोटमा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले बेपत्ता व्यक्तिहरुको खोजीका लागि आफू पनि घटनास्थलमा रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *