कैलालीमा सर्पले डस्दा दिदी र बहिनीको मृत्यु, हजुरआमा घाइते

समाचार

कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–७ महुलियामा शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेर दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बिज्ञापन प्रहरीका अनुसार ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *