मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

समाचार

पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *