शरीरले काम गर्न छोड्नेमा म परे छु भन्दै भाबुक बने मदनकृष्ण : समय सधैं एकनास हुन्छ भन्ने छैन नहुन पनि सक्छ । नहुन सक्नेमा म पनि परेछु । Parkinson’s रोगको कारण म काम गर्न सकेको छैन । धेरै गार्हो छ मलाई । यस्तो हुँदाहुँदै पनि अस्ट्रेलिया व्हिलचियरमा गयर पनि काम गरेर आए ।यस्तो हुँदा पनि चुप लागेर बस्न मन लाग्दैन, स्टेजमा गएर दर्शकको मुख हेर्न मन लागिरहन्छ । दर्शक भगवानको मुख हेर्न मन लागिरहन्छ ।
स्वास्थ र शरीर सधैंभरि एकनास नहुने रहेछ । शरीरले साथ् दिने बेलासम्म म काम गरिरहने छु । तर शरीरले एकदिन काम गर्न छोड्छ यो मलाई थाहा छ । म सिथिल भएपनि हरिबंशले काम गरिरहने छ, हरिबंशले काम गरिरहनुपर्छ । मदन दाइले सकेन भनेर मदन दाइको सति जाने कुरा आउँदैन । हरिबंश सक्षम् छ ! हरिबंश सधै अगाडी बढिरहने छ ! मैले पनि सक्ने बेलासम्म मुख देखाएर हुन्छ कि तालि बजाएर हुन्छ साथ् दिईरहने छु ।