प्रदर्शकसँग निर्देशक तथा निर्माता निश्चल बस्नेतको असन्तुष्टि रिलिजको समयमा प्रायः सतहमा आउँछ । ‘दिमाग खराब’को प्रदर्शन समयमा उपयुक्त शो नपाएको भन्दै उनले हल संचालकविरुद्ध आक्रोश पोखे ।
कमाइको आधा हिस्सा नपाए फिल्म उतादिर्ने भन्दै उनले चेतावनी दिएपछि चलचित्र संघ उनका मागमा सहमति जनाउन बाध्य भयो । उनको उक्त अडान र दबाब घरेलु फिल्मको ब्यापारमा एउटा महत्वपूर्ण ‘माइलस्टोन’ थियो ।
बस्नेतले आफू निर्मित पछिल्लो फिल्म ‘बेहुली फ्रम मेघौली’को मामिलामा पनि यस्तै असन्तुष्टि जनाएका छन् । राम्रो प्रतिक्रिया र दर्शकको राम्रो साथ पाउँदा पाउँदै पनि आफ्नो फिल्म उतारेको प्रति उनी एकैसाथ असन्तुष्ट र क्रोधित सुनिएका छन् ।
अकुपेन्सी कमजोर हुँदा पनि अहिले प्रदर्शन भैरहेको आलिया भट्ट स्टारर हिन्दी फिल्म ‘जिग्रा’लाई शो दिएकोप्रति उनी असन्तुष्ट छन् । सोमबार सामाजिक संजालबाट उनले यसबारे प्रतिक्रिया दिएका छन् ।