हिरासतमा रवि भेटेपछि कलाकार एवम् चलचित्र निर्माता दीपकराज गिरी भन्छन्- ‘म त भन्छु, सयजना अपराधी छुटुन् तर एउटा निरपराधी नपरोस् । मुलुकमा निराशा बढिरहेका बेला देशलाई नयाँ बाटोमा लान्छु, नयाँ नेतृत्व दिन्छु भन्ने मान्छेले यो तहको बदमासी गर्यो भन्ने मलाई लाग्दैन । त्यो हदसम्म चुक्ला भन्ने मलाई लाग्दैन’, उनले भने, ‘रवि र मेरो पुरानो मित्रता छ । ३० वर्षभन्दा अघिदेखिको मित्रता हो ।
म गैराजनीतिक व्यक्ति हो । एउटालाई पर्दा अर्को साथी आउनु स्वभाविक पनि हो ।’‘त्यसो भन्दा हामी सामाजिक राजनीतिक कुराबाट टाढा बस्न सक्दैनौँ । सबैभन्दा पहिलो कारण मित्रता हो । कानुनी कुरामा हामीले बोल्न मिल्दैन’, उनले भने, ‘सकेसम्म उहाँलाई हिरासत बाहिरै राखेर अनुसन्धान होस् भन्न चाहन्छु । पहिलेदेखिको सम्बन्ध भएकाले म उहाँलाई व्यक्तिगत रुपमा राम्रोसँग चिन्छु ।
हामीबीच दु:खसुखको कुरा हुन्छ । उहाँ व्यक्तिगत रुपमा खराब मान्छे होइन, त्यही भएर मलाई उहाँप्रति करणा भाव आयो ।’उनले रविबाट सरकारले लगाए जस्तो गम्भीर आरोपको घटना गराए जस्तो नलागेको दोहोर्याए । ‘रविले त्यो तहको जघन्य अपराध गरे जस्तो लाग्दैन । व्यक्तिगत सम्बन्ध हुँदा म चिन्थेँ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्छु भन्ने मान्छे त्यो हदसम्म चुक्लान् जस्तो लाग्दैन ।’तर यति भनिरहँदा उहॉ माथि अनुसन्धान नै हुनु हूदैन भन्ने चाहि हूँदै होइन ।’