सवारी दुर्घटना पछि पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हिजो भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो । केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए । उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो । पछाडि सीटमा बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते अवस्थामा उपचाररत छिन् । भेन्टिलेटरमा उपचाररत उनको अवस्था नाजुक रहेको बताइएको छ ।