हेर्न गएर भाइरल भए पछि दुई सांसदमाथि गम्भीर आरोप लगाउँदै सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा
गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा किचलो सुरु भएको छ । गत निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको हो । नेताहरुबीच आरोप-प्रत्यारोप चलिरहँदा गढी गाउँपालिका ६ का वडा कमिटी अध्यक्षसहित २१३ जनाले बुधबार सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेपछि विवाद सतहमा आएको हो ।एमाले गढी गाउँपालिका ६ नं वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनसरी ३ बाट निर्वाचित संघीय सांसद भगवती चौधरीको हैकमबादी प्रवृत्ति र कोशी प्रदेश सभा सदस्य रामदेव यादव र चौधरीको कारण वडामा पराजय ब्यहोरेको भन्दै सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।