‘प्रत्येक दिन यहाँ (संसद्मा) आउँदै, हाजिर गर्दै, उठ्दै, आफ्ना माग राख्दै, सभामुख महोदयले रुलिङ गर्दै अनि सरकारले नसुन्दै गरेको यो सिलसिला, यो शृङ्खलालाई अब रोक्नुपर्छ सभामुख महोदय ।’यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछाने (हाल उपप्रधान तथा गृहमन्त्री)ले गत फागुन १४ गते प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको एउटा अंश हो ।तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्यतिबेला विवादित केही मन्त्रीको राजीनामा माग गर्दै संसद्मा अवरोध गर्दै आएको थियो । त्यही क्रममा विपक्षी कित्तामा रहेका लामिछानेले प्रतिनिधिसभा बैठकमा सरकारलाई नैतिकताको पाठ सिकाउँदै छोटो प्रवचन नै दिए । रातोपाटि