नेपालको लगानी सम्मेलनअघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरूले बताएका छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलो पटक मङ्गलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने जानकारहरूको भनाइ छ ।