जय नारी उपनामले परिचित सामाजिक अभियान्ता सावित्री महिलाहरुको विषयमा आवाज उठाउँछिन् । खासगरी बलात्कार पीडितहरुको पक्षमा उनी खरो रुपमा उभिन्छिन् । बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने कानून नेपालमापनि ल्याउनुपर्छ भन्ने जोड उनको समूहको छ ।
महिला पितृसत्ताको दमनमा विगतदेखि परेको र अहिलेपनि कायम रहेकाले त्यसलाई भत्काउन आन्दोन जारी रहेको उनले अभिव्यक्ति दिन्छिन् । यौनका बारेमापनि उनी खुलेर कुरा गर्छिन् । हालै उनले अभिनेत्री नम्रता सापकोटासँग कुराकानी गरेकी छिन् । उक्त कुराकानीमा उनले बिवाह, शारीरिक सम्बन्ध र प्रेम भनेको फरक–फरक कुरा भएको धारणा राखिन् । उनले हाम्रो समाजले चै, त उमेर भएको केटी भइस् । तैले ‘जोसँग बिहे गर्छेस् त्यहीसँग मात्र सेक्स गर’ भन्छ । म चै त्यसलाई नो भन्छु के ।