नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी–२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एकजना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिका कारण कोप भाजनमा परेका छन् ।
होला, सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदैगर्दा र भोलिपल्ट केन्या जाँदैगर्दा क्याम्प छाडेर जुन हर्कत गरे त्यसको सजाय उनले पाइसकेका छन्। जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै एकसय दिन हिरासतमै विताएका सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाएका थिए । यदी उनी त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी–२० विश्वकपमा हुने थियो होला ।
सन्दीपले जिल्ला अदालतबाट सजाय पाएकै हुन् । त्यसविरुद्ध उच्च अदालत पाटन पुनरावलोकनका लागि गएका सन्दीपले त्यहाँबाट सफाइ पाएपनि अहिले विश्वकप खेल्न जान रोक लगाइएको छ ।