Cricketer सन्दिप लामीछानेलाई अमेरिकाले Visa नदिएपछी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ सक्रियतापूर्वक Visa दिलाउने पहलकदमीमा लागेका छन् । क्यानले पनि हिजै खेलकुद परिषद, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको छ । सन्दीपसँग यसअघि अमेरिकाको पाँच वर्षे मल्टिपल भिसा थियो । तर, उक्त भिसा दूतावासले एकपक्षीय निर्णय गरेर बीचमै रद्द गरिदिएको बुझिएको छ । त्यही भएर अहिले फेरि भिसाका लागि आवेदन दिनुपरेको थियो।