आर्थिक अभावले उपचार नपाएपछि वालिकाले गरिन् आत्महत्या, शव व्यवस्थापनकालागि रकम संकलन गरिदै

Blog समाचार

लामो समयदेखि पेट सम्वन्धी समस्याले बिरामी परेकी कालिञ्चोक गाउँपालिका–६ स्थित लापिलाङ माविकी १४ वर्षीया छात्रा उपासना थामीले हिजो साँझ आत्महत्या गरेकी हुन् । दिउँसो बिधालय गएर घर फर्किएकी उपासना आईतबार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । लापिलााङ मावि कक्षा ७ मा अध्ययनरत छात्रा उपासनाले बिधालयवाट घर फर्किएपछि कोही नभएको अवस्थामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरिक्षक जिवन श्रेष्ठले उपासना आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको र प्रारम्भिक अनुषन्धानवाट उनले आर्थिक अभावका कारण आत्महत्या गरेको देखिएको बताउनुभयो । प्रहरी निरिक्षक श्रेष्ठका अनुसार मृतक छात्राको जिव्रो टोकिएर मुखवाट रगत बगेको देखिए पनि घटना प्रकृति हेर्दा आत्महत्या नैं भएको देखिएको छ । भारतमा रहेकी आमाले दोस्रो विवहा गरेपछि बुबा उमेश थामीले उपासनालाईँ करिव ८ बर्षअघि गाउँ लिएर आएका थिए । बुबा उमेशले पनि गत बर्ष दोस्रो विवहा गरेपछि उक्त घरमा कान्छि आमा र उपासना बस्दै आएका थिए । कान्छि आमा मेलामा गएका बेला उनले घरभित्रै आत्महत्या गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *