खोटाङको साकेला गाउँपालिका-२ घर भएकी २ वर्षकी बालिका आरिमा राईको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो खेल्नेक्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारको लागी लगिएको साकेला आधारभुत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।