लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंलाई घाँटीको क्यान्सर, अमेरिकामा उपचार हुँदै ।

Blog समाचार

इलाम । छन्द कविताहरू मीठो शैलीमा वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं क्यान्सर रोगबाट पीडित भएकी छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं अहिले त्यहाँको युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन् । हिजोमात्रै उनको थाइराइडको शल्यक्रिया भएको छ । निकटस्थ स्रोतका अनुसार उनी शल्यक्रियापछि ‘रिकभरि’ को चरणमा छिन् । स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्ने पनि पारिवारिक स्रोतले बताएको छ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *