हिजो बुधवार साँझ देखी हराएको बेलबारी नगरपालिका – ५ कसेनी मिलीजुली टोल निवासी विनोद बनका ५ वर्षीय छोरा विवश बनको मृत अवस्थामा शव फेला परेको छ । स्थानीय पुष्कर शर्मा जमर कट्टेलका अनुसार आज बिहान करिब ९ः३० बजे बन परिवारको घर देखि करिव डेढ किलोमिटर पूर्व सुनसरी मोरङ सिचाइ नहरमा डुबेको अवस्थामा विवशको शव भेटिएको हो ।