काठमाडौँ । टी–२० विश्वकपमा नेपाल र बङ्गलादेश विरुद्धको म्याचमा झगडा गर्न खोज्ने बङ्गलादेशी खेलाडीलाई आइसीसीले कारबाही गरेको छ । फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारबाही गरेको हो ।
नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए ।
उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो ।