विधान अधिवेशन : सकसमा प्रचण्ड

Blog अन्तरास्ट्रिय कला/साहित्य खेलकुद बिबिध मनोरंजन राजनीतिक रास्ट्रिय रोचक शिक्षा समसामयिक समाचार स्वास्थ्य

माओवादी केन्द्रले विधान अधिवेशन गर्न लागेको छ । आउँदो २०८० फागुन १ गतेदेखि माओवादीले विधान अधिवेशन गर्दैछ । पार्टीको विधान संशोधन गर्नका लागि यो प्रयास गरेको हो । त्यही तयारीका लागि माओवादीको २०८० माघ २८ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दैछ । विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा कमिटी गठन गरेको थियो । त्यो कमिटीभित्रै पनि विवाद थियो । जनार्दन शर्मासहितको केही नेताहरु प्रस्तावित विधानका केही बुँदामा असहमत देखिएका थिए ।

साथै, त्यही असहमति अहिले पालिका तहसम्मका कार्यकर्ताले निरन्तरता दिएका छन् । त्यस अधिवेशनका लागि माओवादीले पालिका स्तरबाट पनि सुुझाव संकलन गरेको छ । सुुझाव भने माओवादी नेतृत्वका लागि चिन्ता लाग्ने गरी आएको स्रोत बताउछ ।

माओवादी केन्द्रका तल्लो तहका कार्यकर्ताहरुले पार्टी नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित बनाउने र चुनावी प्रतिस्पर्धा गराउनुपर्ने सुुझाव दिएका छन् । उनीहरुले पार्टी अध्यक्ष प्रचण्डदेखि पालिकाका वडाध्यक्षसम्म चुनावी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । ती सुुझावका आधारमा हेर्दा अब प्रचण्डले पनि पार्टीभित्र चुनाव लडेरमात्रै अध्यक्ष हुन पर्ने हुन्छ । त्यो खाले सुुझाव आएका कारण यो पटकको विधान अधिवेशन निकै पेचिलो हुने भएको छ । पेचिलो हुने भएकोले नै यो पटकको विधान अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रमा कार्यकर्ताले प्रचण्डलाई समेत चुनावमा आउन आग्रह गरेसँगै उमेर हद तोक्नुुपर्ने माग गरेका छन् ।

पदाधिकारी दुईपटकभन्दा बढी हुन नपाउन व्यवस्था गर्नुुपर्ने माग गरेका छन् । उनीहरुको माग अनुसार विधान संशोधन हुने हो भने अब अध्यक्ष प्रचण्डले पनि विदा लिनुपर्ने अवस्था आउने देखिन्छ । त्यसो त, कतिपयले जिल्ला कमिटीलाई सक्रिय बनाउनुपर्ने सुुझाव दिएका छन् । वास्तवमा अहिले प्रचण्डलाई टाउको दुुखाईको अवस्था आइलागेको छ । त्यसले गर्दा प्रचण्ड कति क्रान्तिकारी हुनसक्छन् ? भन्ने प्रश्न पनि उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *