श्रीमानको कुटपिट पश्चात महिलाको विलौना, भन्छिन्- ‘सानो बच्चा भएकाले सुसाइड गर्न सकिन’

Blog समाचार

श्रीमानको कुटपिटबाट पिडित भएको भन्दै सामाजिक संजाल मार्फत एक महिलाले सार्वजनिक गरेकी छन् । झापाकी संगिता न्यौपानेले आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत तस्वीरहरु समेत सार्वजनिक गरेकी हुन् । उनले मेरो जीवनको सबैभन्दा खराब ३ वर्ष भन्दै आफूले भोगेका समस्याका विषय सार्वजनिक गरेकी हुन् । उनी भन्छिन्- ‘कहाँ सकिन्छ र दिन रात कुटाई खाएर बस्नलाई, हिम्मत जुटाएर लेख्दैछु कसैको त सहयोग पाउँछु होला ।’ उनी लेख्छिन्- ‘बच्चा छ सानो सुसाइट गर्न सक्दिन, सोच त धेरै पटक आयो तर बच्चाको अनुहार हेरेर गर्न सकिन ।’ उनी प्रश्न गर्छिन्- ‘के हाम्रो समाजमा छोरी मान्छेले सहनु नै पर्ने हो र ?’ उनी थप भन्छिन्- ‘बुढाको कुटाई भन्दै दिन रात सहनु पर्ने हो र ? म यस्तो अवस्थामा छु । काखमा मेरो २० महिनाको बच्चा छ, अस्पतालमा राख्या छु । के मैले अस्पतालमै मेरो बुढाको कुटाई खानु पर्ने हो र ? म कुन समाजमा छु । न्याय माग्न जाँदा उल्टै बुढाबुढी हो मिल्नुपर्छ भन्ने हो र ? म न्यायको खोजीमा छु ।’

यता श्रीमानको कुटपिट र दुर्व्यवहारबाट घाइते भएकी पीडितको हात, ढाड र आँखाको डिलमा कुटपिडबाट चोट लागेको देखिएको छ । उनले जसरी हुन्छ न्याय दिनुस् भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *