लिसा पिसानो मेकानिकल मुटु पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालेकी पहिलो व्यक्ति थिइन् । सोमबार पिसानोको निधन भएको एनवाईयू लाङ्वन हेल्थले बताएको छ । यही संस्थाले पिसानोको शरीरमा मेकानिकल मुटुको पम्प र जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला राखिदिएको थियो । पिसानोको शरीरमा अप्रिल १२ मा प्रत्यारोपण गरिएको थियो । तर सीमित रक्त प्रवाहका कारण मिर्गौला फेलियर भएपछि मे २९ मा यसलाई हटाइयो । मेकानिलक मुटुको पम्पको साथमा मिर्गौला प्रत्यारोपण गरिएकी उनी संसारकै पहिलो व्यक्ति थिइन् भने जिन सम्पादन गरिएको सुँगुरको मिर्गौला हालिएकी दोस्रो जीवित व्यक्ति थिइन् ।