यो हत्याकाण्डमा रेवतीका पूर्वप्रेमी सिद्धकुमाख गाउँपालिका–२ का २८ वर्षीय कर्णबहादुर बस्नेतले गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले बताए। दुबईबाट २६ गते घर आएका कर्णबहादुर दुई दिन घरमै बसेर २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेका थिए। जतिखेर रेवतीका आमा छोरी सुतिसकेका थिए। कर्णले ढोका ढकढक पारेपछि रेवतीले को हो? भन्दा कर्णले आवाज दिए। रेवतीले आवाज चिन्नासाथ ढोका खोलिदिइन्।ढोका खोल्नासाथ कर्णले रेवतीको घाँटी न्याके र कपडाले कसे। उनी बेडमै लडेपछि त्यसैमा पेट्रोल छर्केर आगो सल्काइदिए। रेवतीसँगै नौ महिनाकी छोरी ऋतु मस्त निन्द्रामा थिइन्।