न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक बसले चार स्कूले बालकलाई ठक्कर दिँदा अवस्था गम्भिर भएको छ । आईतरबार राती करिब ९ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित रहेको नन्दनी डेरीभन्दा केही अगाडी एकै पटक ४ बालकलाई ठक्कर दिएर उडाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चारै बालक महोत्तरीको सिमराढीको रहेको छ । अध्ययन अध्ययापनको लागि जनकपुर बस्दै आएका उनीहरु पढेर डेरा जाँदै गरेको बेला बसले ठक्कर दिएको बताईएको छ ।
घाईते हुनेहरुमा महोत्तरी सिमराढी बस्ने बर्ष १४ का रोहन साफी, बर्ष १६ का रवि सहनी, बर्ष १५ का राजन सहनी र बर्ष १७ का अमित कुमार साफी रहेका छन् । उनीहरुमध्ये रोहन साफीको अवस्था नाजुक रहेको छ । उनको टाउको र खुट्टासहित शरिरको अन्य भागमा गम्भिर भोट लागेको हो ।