कुवेतमा संखुवासभाकी जलिना तामाङको सडक दुर्घटनामा निधन

समाचार

बिपिन अर्याल ,कुवेतमा सडक दुर्घटनामा परी नेपाली महिलाको निधन भएको छ । हिजो कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा २६ वर्षीया जलिना तामाङको मृत्यु भएको हो। मंगाफ क्षेत्रमा बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको थियो । संखुवासभा निवासी मृतक तामाङ केवल ४ महिना अघि मात्र रोजगारीका लागि कुवेत आएकी थिइन् र अल-जाजिरा कम्पनीमा कार्यरत थिइन्।

घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भएको श्रोतले जनाएको छ भने स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *