बैतडीको युवक जनकको जापानमा नुहाउने क्रममा मृत्यु

समाचार

बैतडीको पाटन नगरपालिका–३ का एक युवकको जापानमा मृत्यु भएको छ ।पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको आफन्तले बताएका छन् ।

अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन् ।

‘मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनारमा गएका अबस्थीको त्यही डुबेर मृत्यु भएको खबर प्राप्त भएको आफन्तले बताएका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *