धनिसाले दुहुँकै उमेश कुँवरसँग २०८० भदौमा विहे गरेकी थिएन। धनिसाले उमेशले आफुलाई जबरजस्ती घरमा ल्याएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी नै दिएकी थिइन्। अहिले उमेश धनिसाले हालेको जबरजस्ती करणी मुद्दाकै कारण पुर्पक्षका लागि थुनामा छन्। तर धनिसाले केही महिनाअघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छिन । विज्ञापन
Sonalika
अहिले उमेश कुवँर प्रहरीलाई ज्यानमार्ने उद्योग र धनिसालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला कारागार दार्चुलामा छन्। दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिँहका अनुसार धनिसा पछिल्लो केही दिनयता तनावमा थिइन। महाकाली किनारमा देखेपछि बचाउने कोशिश गरिएको भए पनि नसकिएको उनले बताए।
श्रीमानबाटै अत्याचार
धनिषामाथि श्रीमान् उमेशले पटक–पटक कुटपिट गर्नेदेखि घरमै थुनेर राख्ने गरेको विषय समेत बाहिर आएको छ। उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो। उजुरी परेपछि गत माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु नै प्रहार गरेर घाइते बनाएका थिए।