बिर्तामोडमा एक महिला देशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले घरमा चिया पकाएर पसल पसलमा बेच्दै हिँडिरहेकी छिन्। बिर्तामोड नगरपालिका-६ निवासी ३० वर्षीया मिना बस्नेत विगत १३ महिनादेखि निरन्तर यही पेसामा लागिरहेकी छिन् । उनले दिनको १० कपबाट व्यवसाय थालेकोमा अहिले दैनिक दुई सयदेखि तीन सय कप चिया बेचिरहेकी छिन् । उनीसँग गरिएको संक्षिप्त कुराकानी यस्तो छ । तपाईँले चिया बेच्न सुरु गर्ने विचार कसरी आयो ?
म केही समयदेखि बेरोजगार थिएँ र घरमा बस्दा समयको सदुपयोग गर्न चाहन्थेँ। चिया बनाउन सिपालु भएकाले र धेरैले मेरो चियाको स्वाद मन पराउने भएकाले यो व्यवसाय सुरु गर्ने विचार आयो।
चिया बेच्दा सुरुमा कस्तो चुनौतीहरूको सामना गर्नु पर्यो ?
सुरुमा त ग्राहक बनाउन गाह्रो भयो। धेरैले विश्वास गर्दैनथे कि घरमा बनाएको चिया पसल पसलमा बेच्न सकिन्छ। तर, मैले निरन्तर मेहनत गरेँ र बिस्तारै बिस्तारै मानिसहरूलाई मेरो चियाको स्वाद मन पर्न थाल्यो।
१३ महिनाको अनुभव कस्तो रह्यो ?